जनबोली न्यूज नेटवर्क प्रा. लि.

जनबोली [ https://www.janaboli.com/ ] सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ अस्तित्वमा आएको एउटा जिम्मेवार सञ्चार प्रतिष्ठान हो । हामी कसैप्रति केन्द्रीत छैनौँ । जस्तो नाममा शब्द चयन गरिएको छ हाम्रो प्रशारण र प्रकाशनको केन्द्रविन्दुपनि जनबोली नै हुनेछ । प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार स्वतन्त्र सञ्चारका लागि आवश्यक सर्त हुन् भन्ने हाम्रो सम्पादकीय आवरण हो ।

समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबै खाले विचारको साझा मञ्च बनाउँन सत्य, तथ्य, निष्पक्षताको तराजुमा तौलिएर जनताका आवाज प्रस्तुत गर्ने विश्वको एकमात्र नेपाली र अग्रेजी दुबै भाषाको सञ्चार माध्यम हो जनबोली ।

वि.सं. २०७१ सालमा स्थापना भएको यो सञ्चार प्रतिष्ठान शुरुवात चरणदेखि नै विभिन्न डिजिटल तौलमा मापन गर्दा नेपालको उत्कृष्ट १० भित्र रहिरहन सफल छ । हाम्रो अनवरत मेहनतलाई पाठक, विज्ञापनदाता, प्रचाक, लेखक तथा सुभेच्छुकहरुले मन पराईरहनुभएका कारण हाम्रो लोकप्रियता बढिरहेको हो भन्न हामी कदापी कन्जुस्याई गर्दैनौँ ।